६ जेष्ठ २०८१, आईतवार

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढी नयाँ संक्रमित थपिए



काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख दुई हजार ४९४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। २४ घण्टाको अवधिमा आठ हजार ७५१ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ६ लाख ६६ हजार ५९४ र मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ४६३ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६ हजार २५९ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ७५९ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १५० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५४ हजार ९४०, इटलीमा १८ हजार ६२७, ब्राजिलमा २९ हजार ७९२, जर्मनीमा १४ हजार १९४, रसियामा २२ हजार ८५१, फ्रान्समा १५ हजार ९४४, कोलम्बियामा १५ हजार ५३७ तथा इरानमा पाँच हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन्।



प्रतिक्रिया दिनुहोस !