२९ बैशाख २०८१, शनिबार

आज २०७७ पौष २७ गते सोमवारको राशिफल



आज २०७७ पौष २७ गते सोमवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक पनि लाग्न सक्छ ।

मिथुन

आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ ।

सिंह

आज आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला

आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहान सुख पनि मिल्नेछ ।

धनु

लगनशीलताको कमिले गर्दा आज ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । झैँ–झमेलाको अवस्था पनि आउला ।

कुम्भ

आज सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।

बृष

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक-सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ ।

कर्कट

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । वस्त्र लाभ पनि हुनेछ ।

कन्या

जको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता र भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

बृश्चिक

लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

मकर

आज विद्या र बुद्धिको विकास हुनेछ ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

मीन

आज भाग्यले विभिन्न अवसर जुराउने छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । विशेष यात्रा हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस !