९ मंसिर २०८१, आईतवार

आज शेयर बजारमा फेरि नयाँ रेकर्ड



काठमाडौं । आइतबार शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

शेयर बजार उतारचढाव बिच नेप्से ४१ अंकले उकालो लागेर २२ सय ३५ को उचाई कायम गरेको छ । आज कारोबारमा पनि सुधार आएको छ । भने, कारोबार भएका अधिकांशजसो समुह सकारात्मक रहेको छ ।

विकास बैंक समुह सबैभन्दा उच्च ८८ अंकले उकालो लाग्दा व्यापार समुह ७८ अंकले उक्लियो ।

वाणिज्य बैंक, होटल, जलविद्युत, नीर्जिवन बिमा, लघुवित्त, उत्पादन मुलक र वित्त समुह दोहोरो अंकले सुधारिए । आइतबार मात्र जीवन बिमा समुह १७ अंकले ओरालो लाग्यो ।

आज १ सय १७ कम्पनीको शेयर मुल्य बढ्दा ४४ कम्पनीको ओरालो लाग्यो । आज सबैभन्दा बढि कमाउनेमा प्रभु लाईफ ईन्सोरेन्स अग्रस्थानमा आँउदा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पच्छयाउन पुग्यो ।

आज प्रभु बैंकको सबैभन्दा बढि शेयर कारोबार हुँदा निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढि गुमाउन पुग्यो ।

आज २ सय ७ कम्पनीको १ करोड ५ लाख कित्ता शेयर ६ अर्ब ३२ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !