३ मंसिर २०८१, सोमबार

माघ १ गते सार्वजनिक बिदा



काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ ।

राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको बताएका छन् ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । बिदा थारु जातीका लागि मात्र नभइ,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छु ओलीले राष्ट्रिय सभामा भने।



प्रतिक्रिया दिनुहोस !