७ जेष्ठ २०८१, सोमबार

आजबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य



काठमाडौं । राष्ट्रियसभाको जारी अधिवेशन आजबाट अन्त्य भएको छ ।

पुष १७ गतेदेखि शुरु भएको राष्ट्रियसभाको जारी अधिवेशन आजबाट अन्त्य भएको हो । आजको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको पत्र पढेर सुनाएका थिए ।

यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रियसभाको जारी अधिवेशनमा सरकारले जारी गरेका ७ वटा अध्यादेश समेत पेश भएका छन् ।



प्रतिक्रिया दिनुहोस !