४ जेष्ठ २०८१, शुक्रबार

म्याराथनमा नेपाललाई ऐतिहासिक सफलता



काठमाडौं । नेपालकी म्याराथन धाविका पुष्पा भण्डारीले बंगलादेशमा स्वर्ण पदक जितेकी छन्।

आइतबार ढाका म्याराथनको दक्षिण एसियाली विधामा स्वर्ण पदक हात पारेकी हुन् । उनले म्याराथन २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गरेकी थिइन ।

पुष्पाले हात पारेको स्वर्ण नेपाली महिला एथलेटिक्समै सबैभन्दा ठूलो सफलता हो । यो म्याराथनमा पहिलो संस्करण हो ।

पुष्पाले काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक हात पारेकी थिइन्। यस्तै बंगलादेशमा नेपालका किरण सिंह बोगटीले २ घण्टा २६ मिनेट १३ सेकेन्डमा दुरी पूरा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !