३ मंसिर २०८१, सोमबार

धादिङको थाक्रेमा निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न



धादिङ । धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा शनिबार एक दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजीवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्वास्थ्य समस्याहरु देखिए पछि मानसिक स्वास्थ्य शिविर सञ्चालान गरिएको हो ।

प्राकृतिक बिपत्तिको यो बिषम अबस्थामा समुदाय स्तरमा नै मानसिक स्वास्थ्यका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक हुने भन्दै थाक्रे गाउँपालिकामा एक दिने मानसिक स्वास्थ्य शिविरको आयोजना गरिको थियो ।

मनोरोग उपचार तथा पुर्नस्स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा थाक्रे गाउँपालिकाको सहकार्यमा एक दिबसिय शिविर संचालन गरिएको हो ।

शिबिरमा मनोचिकित्सक प्रा.डा.पुष्पराज शर्माले बिरामीको स्बास्थ्य परिक्षण गर्नु भएको थियो भने मनोविद गोपाल ढकालले मनोपरामर्श सेवा प्रदान गर्नु भएको थियो । उक्त शिविरमा एक सयभन्दा बढिले सेवा लिएका थिए ।

मानसिक स्वास्थ्य परिक्षण पछि सबै बिरामीलाई नि-शुल्क रुपमा औषधि समेत बितरण गरिएको थियो । शिबिरमा आएका मध्ये तीन जना जटिल प्रकृतिको मानसिक स्वास्थ्य समस्यामा परेका ब्यक्तिहरु आएका थिए । उनिहरुलाई आवश्यक उपचारको प्रवन्ध समेत मिलाएइको मनोविद् गोपाल ढकालले जानकारी दिए ।

कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि खुशी र सम्पन्न हुनु पर्ने बताए । त्यस्तै, उपाध्यक्ष अम्बिका रुपाखेतीले गाउँपालिका भित्र रहेका र मानसिक रोगको औषधि सेवन गरिरहेका सबै बिरामीहरुको औषधी खर्च गाउँपालिकाले बेहोर्न बताइन् । अब प्रत्येक तीन-तीन महिनामा यस्तो शिबिर गरिने समेत बताइन् ।

थाक्रे गाउँपालिकाले स्थानिय तहमै पहिलो पटक मनोसामाजिक स्वास्थ्यमा निर्देशिका नै तयार पारि मानसिक स्वास्थ्यका बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । हाल थाक्रे गाउँपालिकाले आफ्नो सबै वडाहरुमा एक-एक जना मनोपरामर्शदाताको समेत ब्यबस्था गरेको छ।

गाउँपालिका र मनोरोग उपचार केन्द्रको सहकार्यमा दस बर्षदेखि सडकको जीवन बिताई रहेका जनक मनोरोगीको उद्दार गरि उपचार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !