७ मंसिर २०८१, शुक्रबार

बाँकेमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु



बाँके । आज बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार रोल्पा र दाङका दुई संक्रमित महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

रोल्पाकी महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका भर्ना गरिएकी रोल्पाको लिवाङकी ४२ वर्षीया महिलाको आज बिहान ३ ३० बजे मृत्यु भएको हो ।

यस्तै दाङको बबईकी ८० वर्षीया महिलाको पनि आज बिहान साढे ६ बजे मृत्यु भएको केन्द्रले जनाएको छ । उनलाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा उपचारका ल्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !