प्रधानमन्त्री प्रतिनिधिसभा विघटनको सिफारिस लिएर शितलनिवासमा
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रतिनिधिसभा विघटनको निर्णय गराएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति शितल निवास पुगेका छन् ।
आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष संसद विघटनको प्रस्ताव पठाउने निर्णय गरेपछि उनी त्यसलाई सदर गराउन राष्ट्रपति निवास शितल निवास पुगेका हुन् ।
राष्ट्रपतिले विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको प्रतिनिधि सभा विघटन प्रस्ताव अनुमोदन गरेमा संसद भंग हुनेछ ।
राष्ट्रपतिले मन्त्रिपरिषदको सो निर्णय अनुमोदन गरे नेकपाकै ओलीइतरको समूहले तत्कालै सर्वोच्च अदालतमा रिट हाल्ने तयारी समेत गरेको छ ।