७ मंसिर २०८१, शुक्रबार

वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन



काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन आज भएको छ । ८६ वर्षको उमेरमा शनिबार दिउँसो २ः५० बजे उनको निधन भएको साहित्यकार विजय उदय पाल्पालीले जानकारी दिएका छन् ।

वि.सं.१९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिए’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’ लगायत उनका थुप्रै गीत लोकप्रिय छन्।

लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या थियो। दशैँ अगाडि कुरा गर्ने सामान्य कुराकानी गर्ने उनी दशैँ पछाडि धेरै बिरामी भएका थिए। पछिल्लो समय उनलाई चिरायु अस्पतालमा राखेर उपचार गरिएको बुहारी विद्या रिमालले जानकारी दिएका छन्।

४ दिन अस्पताल राखेर घर ल्याएपछि उनको निधन भएको थियो। उनलाई अन्तिम समयमा निमोनिया, मृगौलाको समस्या देखिएको थियो।

रिमालको अन्तिम संस्कार पशुपति आर्यघाटमा आज साँझ हुँदैछ।



प्रतिक्रिया दिनुहोस !