संसद विघटनविरुद्ध प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन भन्दै डा.केसी सडकमा
काठमाडौं । आज प्रतिनिधिसभा विघटनविरुद्ध डा गोविन्द केसीको नेतृत्वमा माइतीघरमा धर्ना दिइएको छ।
प्रतिनिधिसभाको विघटनका विरुद्ध माइतीघरमा नागरिक समाजले प्रदर्शन गरेको छ। प्रदर्शनमा डा.गोविन्द केसीले पनि सहभागि भएका छन्। माइतीघरमा नागिरक समाजका अगुवाले गरेको विरोध प्रदर्शनमा डा.केसी सहभागी भएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि चौतर्फि दवाव र आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपाकै प्रचण्ड–नेपाल समूहलगायत नागरिकसमाजले पनि सडकमा आन्दोलन गरिरहेका छन्।
पार्टी भित्रको आन्तरिक विवादका कारणा नेकपा दुई समूहमा विभाजन भएको छ। अर्को समूहले सरकारलाई काम गर्न नदिएको र वाध्यतामा परेका कारण प्रतिनिधिसभा विघटन गरेको प्रधानमन्त्रीले बताउँदै आएका छन्।