७ मंसिर २०८१, शुक्रबार

पत्नीको उपचारका लागि मुम्बइ पुगेका प्रचण्ड आज स्वदेश फर्कंदै



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार गर्न भारतको मुम्बइ पुगेका आज स्वदेश फर्कंदैछन् ।

उनी साँझ काठमाडौं आइपुग्ने प्रचण्डको सचिवालयले जनाएको छ । उनी पुस २० मा पत्नी सीताको उपचारका लागि मुम्बइ गएका थिए ।

पत्नी सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ । सीतासँग उनका छोरीहरु छन् ।



प्रतिक्रिया दिनुहोस !