४ जेष्ठ २०८१, शुक्रबार

चन्द्रागिरी हिल्सको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन



काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओमा ४७ लाख ९६ हजार ७०० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउसो ३.३० बजेसम्म २ लाख ३१ हजार ८९२ जना लगानीकर्ताले ४७ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने १३ लाख ९६ हजार २२ कित्ताको ३.४३ गुणा धेरै आवेदन हो ।

कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।

यसमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ । यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !