विश्वभर पछिल्लो २४ घण्टामा ७ लाख ८७ हजारभन्दा बढी नयाँ संक्रमित थपिए
काठमाडौं। विश्वभर पछिल्लो २४ घण्टाभित्र विश्वमा सात लाख ८७ हजार २९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १४ हजार १९० जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ८४ लाख ४६ हजार २७२ र मृत्यु हुनेको संख्या १९ लाख पाँच हजार ६२ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ४३ हजार ३२४ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ७१० जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार १०४ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५२ हजार ६१८, इटलीमा १८ हजार २०, ब्राजिलमा ८७ हजार १९४, जर्मनीमा २७ हजार ९८९, रसियामा २३ हजार ५४१, फ्रान्समा २१ हजार ७०३, कोलम्बियामा १७ हजार ५७६ तथा इरानमा ६ हजार ३६० जना नयाँ संक्रमित थपिएका छन्।