७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा स्वीस राष्ट्रपतिलाई बधाई



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हालेका गी पार्मेलिनलाई बधाई ज्ञापन गरेकी छिन ।

आज राष्ट्रपति भण्डारीले स्वीस समकक्षीलाई सन्देश पठाउँदै बधाई ज्ञापन गरेकी हुन ।

सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताएकी छिन ।

नेपालको विकास प्रयासमा स्वीट्जरल्याण्डबाट प्राप्त सहयोगको राष्ट्रपति भण्डारीले प्रशंसा योग्य रहेको छिन् ।

उनले आगामी दिनमा स्वीस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा पनि सन्देशमा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !