३ पुष २०८१, बुधबार

प्रधानमन्त्री ओलीको कार्यशैलीले नै पार्टी विभाजन भएको हो: गौतम



काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा विभाजन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण भएको बताएका छन् ।

आज राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले त्यस्तो बताएका हुन् । आफूले प्रधानमन्त्रीलाई धेरैपटक सम्झाएको र सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गरेको समेत बताएका छन् ।

यसपटक प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसैले पनि थाहा नदिएको बताएका छन् । यसअघि पनि अविश्वासको प्रस्ताव लैजाने पार्टीका नेताहरुले भनेपनि आफूले पटक पटक त्यसलाई निस्तेज गरेको दाबी गरेका छन् । “मैले अविश्वासको प्रस्तावलाई निस्तेज गराएको थिए । अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोथिएन ।” उनले भने ।

उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्दा आफूलाई नसोधेको बताए।
त्यसैगरी प्रचण्ड–नेपाल नेतृत्वको समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा आफूलाई थाह नदिएको भन्दै दुवै पक्षसँग उनले असन्तुष्टि व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !