८ मंसिर २०८१, शनिबार

कुवेतमा अलपत्र सात नेपालीको उद्धार



दोहा । कुवेतमा विभिन्न कम्पनीमा अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ । गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि कम्पनीले काम नदिएपछि अलपत्र परेका ६ पुरुष र १ महिला उद्धार गरी स्वदेश फर्काइएको छ ।

उद्धार गरी स्वदेश फर्किनेहरुमा विशनबहादुर खत्री, लक्ष्मनबहादुर ढकाल, मिलनकुमार तामाङ, रामबहादुर तामाङ, विजय ग्याबक, अमर ढकाल र शान्ति बिक रहेका गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका आइसीसी सदस्य अमित चामलिङ राईले जानकारी दिए ।

उनीहरुलाई गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहकार्यमा एनआरएनए एनसीसी कुवेतले पीसीआर परीक्षण गरी नेपालसम्मको हवाइ टिकट र काठमाडौंदेखि घरसम्मको खर्चको व्यवस्था गरी जजिरा एयरको उडानमार्फत बुधबार स्वदेश फर्काइएको आइसीसी सदस्य राईले जानकारी दिए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !