राष्ट्रिय सभाको बैठक आज बस्दै
प्रधानमन्त्री ओलीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने
काठमाडौं। राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भनिएको छ । पुस १७ गतेबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज पुनः बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गर्ने कार्यतालिका रहेको छ ।
यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन् ।
नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन् ।