८ मंसिर २०८१, शनिबार

विश्वमा कोरोना संक्रमणका कारण एकै दिन साढे १३ हजारभन्दा धेरैको मृत्यु



काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १३ हजार ५३६ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ८८ हजार ९४० पुगेको छ।

हालसम्म विश्वभर आठ करोड ७५ लाख ७५ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड ३० लाख ८६ हजार ३८४ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २६ लाख १५३ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ६९ हजार ४४७ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ५८४ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९९ हजार ४३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५० हजार ३७२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २८ हजार ८२२, बेलायतमा ७७ हजार ३४६, इटलीमा ७६ हजार ८७७, फ्रान्समा ६६ हजार ५६५, स्पेनमा ५१ हजार ४३०, इरानमा ५५ हजार ८३०, अर्जेन्टिनामा ४३ हजार ९७६, कोलम्बियामा ४४ हजार ७२३ तथा रसियामा ५९ हजार ९५१ जनाको मृत्यु भएको तथ्यांक छ।



प्रतिक्रिया दिनुहोस !