७ मंसिर २०८१, शुक्रबार

नेपाल सरकारले कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको स्वागत



काठमाडौं । नेपाल सरकारले साउदी अरेबिया र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनः खुला गर्ने निर्णयको स्वागत गरेको छ ।

दुई देशबीचका सिमाना पुनःखोल्न गरिएको निर्णयलाई महत्वपूर्ण कदम भन्दै नेपाल सरकारले यसबाट परिषद्को सदस्य राष्ट्रका समाधान गर्न बाँकी मुद्दालाई निष्कर्षमा पु¥याउन तथा खाडी क्षेत्रको स्थायित्व र सहयोग प्रवद्र्धनमा योगदान पुग्ने खाडी सहयोग परिषद् (जीसीसी) को मङ्गलबार भएको शिखर बैठकबाट विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रलयले एक विज्ञप्ति जारी गरी परिषद्का सबै सदस्य राष्ट्रसँग नेपालको सुमधुर सम्बन्ध रहेको बताउँदै नेपाल सरकार र नेपाली जनताले खाडी क्षेत्रमा सधैँ शान्ति, प्रगति एवं विकासको कामना गरेका जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !