२ जेष्ठ २०८१, बुधबार

लागुऔषधसहित चार जना पक्राउ



काठमाडौं । मोरङमा लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने २६ वर्षीय बिकेन राई, २५ वर्षीय राजकुमार लिम्बू, १६ वर्षीय किशोर र सोही नगरपालिका–३ बस्ने २२ वर्षीया अनु राई रहेका प्रहरीले जनाएको छ ।

मोरङको लेटाङ नगरपालिका–२ मा रहेको चिसाङ पुलबाट विभिन्न लागूऔषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूबाट २० पिस फेनेरामाइन, २० पिस फेनारगन, २० पिस लुपिजेसिक र १९ पिस डाइजेल्याब पनि बरामद गरेको छ।

प्रहरीले पक्राउविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !