राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६र०७७’ पेश गर्ने भएका छन् ।
भोलि बस्ने भनिएको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन पेश गर्न लागेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा अन्तर्गतका विषयगत समितिहरुमा सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।
गत पुस १७ गते शुक्रवारबाट राष्ट्रिय सभाको अधिवेशन शुरु भएको छ ।