२९ बैशाख २०८१, शनिबार

आज १३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब ४२ करोडको कारोबार



काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्से १३ अंकले बढेको छ । नेप्से १३ दशमलव शून्य ७ अंकले बढेर २ हजार १ सय ७८ दशमलव ५७ विन्दुमा पुगेको हो ।

बुधबार व्यापार र जलविद्युत् बाहेक अरू सबैजसो समूहको शेयर बढेको छ । निर्जीवन बीमा समूहको शेयर १ सय १२ अंकले, माइक्रो फाइनान्सको ५६ अंकले, विकास बैंकको २२ र बैंक समूहको शेयर ११ अङंकले बढेको छ ।

आज दुई सय पाँच कम्पनीका एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कालिका माइक्रो क्रेडिट विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि जोशी हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !