२८ बैशाख २०८१, शुक्रबार

२०० प्रतिशत हकप्रद निष्काशन गदैँ नारायणी डेभलपमेन्ट बैंक



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले एकपछि अर्को हकप्रद सेयर जारी गर्ने भएको छ । माघ १६ गते वार्षिक साधारण सभामा बैंकले पुनः २००% हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित बोलाएको छ ।

बैंकले हालै धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) पुनः हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको छ ।

यता, नारायणीले धितोपत्र बोर्डबाट अनुमति पाएको १००% हकप्रद पनि बिक्री गर्न बाँकी नै रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जिल्लास्तरीय विकास बैंकको चुक्ता पुँजी न्यूनतम ५० करोड बनाउनुपर्ने भएकाले सोही अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विसिजनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ । नारायणीले वार्षिक साधारण सभा स्टार बैंक्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजे सुरु गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !