७ जेष्ठ २०८१, सोमबार

चितवनमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ



चितवन । चितवनमा चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न चारजना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज चोरीका तीन मोटरसाइकल, एक स्कुटर र त्यसमा संलग्न चारजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ९, शरदपुरका २१ वर्षीय मेलोन सुनार, भरतपुर ११, गणेशस्थानका १८ वर्षीय शिव विक, भरतपुर ८, गौरीगन्जका २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखाको भीमसेन गाउँपालिका ५ घर भई भरतपुर ८, पारसनगर जानकीटोल बस्‍ने ३७ वर्षीय नवराज श्रेष्ठ छन् ।

गत पुष २० गते भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित अस्टभुजा पेट्रोलपम्प पछाडीबाट प्रदेश नम्बर २–०३–००१ प १८७४ नम्बर प्लेट लगाएको २२० सि.सि को पल्सर सहित मेलोन सुनारलाई पक्राउ गरिएको पछि थप अनुसन्धानको क्रममा अन्य ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

उनीहरुको साथबाट प्रदेश नम्बर २–०३–००१ प १८७४ नम्बर प्लेट लगाएको २२० सि.सि को पल्सर, ना ५७ प को १५० सि.सिको पल्सर मोटरसाइकल, ना ४९ प ५०६५ नम्बरको स्कुटर र प्रदेश नम्बर ३–०२–०१२ प ९९६४ नम्बरको २२० सि.सिको मोटरसाईकल बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई चितवन जिल्ला अदालतबाट पुष २० गते बाट लागु हुने गरि ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !