४ जेष्ठ २०८१, शुक्रबार

इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन गरिएको छ । नेप्सेले बैंकको १३% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

समायोजनपछिको भाउ ४७८ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर बुधबार बैंकको सेयर कारोबार खुल्ने जनाएको छ । नेप्सेले मंगलबार अन्तिम कारोबार मूल्य ५४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले माघ ८ गते बस्ने साधारण सभाको लागि आज बुक क्लोज गरेको छ । पुस २१ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १३% बोनस सेयर र कर प्रयोजन सहित ५.५०% नगद लाभांश वितरण गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस !