४ जेष्ठ २०८१, शुक्रबार

त्रिविका स्नातक तहका परीक्षा माघ १८ बाट



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहको २०७७ सालमा नियमित रुपमा हुने परीक्षा माघ १८ गतेबाट सञ्चालन गर्ने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७७ माघ १८ गते देखि विभिन्न संकायका वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो ।

त्रिविले ३/४ वर्षे स्नातक तह तेस्रो वर्षको मानविकि, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षका नियमित, प्राइभेट, पूरा, आंशिक र मौकासमेतका साथै पाँच वर्षे विए एलएलवि पूरा, आंशिक र ३ वर्षे विए एलएलवि दोस्रो वर्षका नियमित परीक्षा संञ्चालन हुन लागेको जानकारी गराको छ।



प्रतिक्रिया दिनुहोस !