४ जेष्ठ २०८१, शुक्रबार

व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद थप गर्न आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय बढाउन सरकारसँग तीन महिना थप गर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिमण्डलले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने केही महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको छ ।

व्यवसायीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आप्mनो अघिल्लो आवको लेखापरीक्षण गरिएको प्रतिवेदनसहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको भए पनि गत आवको अन्तिम साढे तीन महिना लकडाउन र चालू आवमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले लेखापरीक्षण समयमै गर्न नसकेको बताएका थिए । महासङ्घले सो यथार्थता राख्दै विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन आग्रह गरेको छ ।

महासङ्घका तर्फबाट राखिएका सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरुको कार्यान्वयनमा सक्दो सहयोग गर्ने अर्थमन्त्री पौडेलले विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस !