२६ बैशाख २०८१, बुधबार

गोरखा दरबारबाट ‘एकीकरण पदयात्रा’ सुरु



गोरखा । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर गोरखादेखि काठमाडौंसम्म ‘एकीकरण पदयात्रा’ आजबाट सुरुवात गरेको छ।

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिएको गोरखा, धादिङ, नुवाकोट हुँदै जङ्गीअड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा गोरखा दरबारबाट आज शुरु भएको छ ।

बिभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरु समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँचवटा युनिटहरुको निशान झन्डा संलग्न भएको छ।

पदयात्रामा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरु र सर्वसाधारणको समेत सहभागिता रहेको छ। यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिबृद्धी हुने विश्वास नेपाली सेनाले लिएको छ।



प्रतिक्रिया दिनुहोस !