५ जेष्ठ २०८१, शनिबार

कोशी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु



मोरङ । कोशी अस्पताल विराटनगरमा उपचाररत दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का २२ वर्षीय पुरुषको मंगलबार राति ८:५०  बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा.दीपक सिग्देलले जानकारी दिएका छन् ।

मंसिर २९ गते रिपोर्ट पोजिटिभ आएपछि ती युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट नै उनको मृत्यु भएको हो ।

यस्तै मोरङकै पथरीशनिश्चरे नगरपालिका–१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८:५० बजेतिर मृत्यु भएको छ ।

डा.सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !