९ मंसिर २०८१, आईतवार

नेपाल-भारत सीमाक्षेत्रमा भारतीय प्रहरीले गोली चलाउँदा एक नेपाली घाइते



काठमाडौं । कञ्चनपुरस्थित नेपाल-भारत सीमाक्षेत्रमा एसएसबीले गोली चलाउँदा एक जना नेपाली घाइते भएका छन।

गोलीको छर्रा लागेर घाइते हुनेमा महाकाली नगरपालिका– १ का नरेन्द्र लुहार रहेका जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

दोधारा चादनी नेपाल-भारत सीमाक्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यस घटनामाको विस्तृत विवरण अनुसन्धानपछि थाहा हुने प्रहरीले जनाएको छ ।

उनका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ । घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !