२० बैशाख २०८१, बिहीबार

कांगेस निर्वाचन : सहमहामन्त्री लागि मतगणना सुरु



काठमाडौँ। नेपाली कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु भएको छ।

खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना ११ बजेपछि सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ ।

निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज आङ्देम्बे विजयी भइसकेका छन्। उनीहरु सभापति शेरबादुर देउवा पक्षका हुन्।

खस आर्यतर्फ देवराज चालिसे र किशोर सिंह राठोर, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे र जीवनबहादुर शाही, मधेशीतर्फ शेरबहादुर देउवा पक्षका महेन्द्र यादव र शेखर कोइराला पक्षका रामकृष्ण यादवबीच प्रतिस्पर्धी छन् ।

मुस्लिमतर्फ देउवा पक्षका फर मुल्लाह मन्सुर र कोइराला पक्षका शेख वकील तथा थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र कोइराला पक्षबाट तेजुलाल चौधरी चुनावी मैदानमा छन् ।

 



प्रतिक्रिया दिनुहोस !