२७ बैशाख २०८१, बिहीबार

सोसल मिडियाबाट जीवन साथी खोज्नु कत्तिको उपयुक्त ?



एजेन्सी। आजकलको समयमा केटा होस या केटि जोकोही आफ्नो लागी परिपुर्ण जिवन साथी चाहान्छन्। यसको खास कारण लगातार सम्बन्ध टुट्नु र बिग्रनु हो। आजकलका युवाबर्ग सम्बन्धमा इन्सिक्योरिटी र भबिष्यमा आउने वाला धेरै समस्याहरु संग बच्नको लागी सोसल मिडियाको उपयोग उपयुक्त जिवन साथी चुन्नका लागी गर्न थालेका छन्। कहिलेकाही यो माध्यम बाट तपाइँलाइ एक असल जिवन साथी मिल्छ पनि। तर जसरी यि साइटहरुको उपयोग बढ्दो छ त्यसरी नै मान्छेहरु यि साइटको दुरुपयोग पनि गरिरहेका छन्। यहाँ सम्म कि अहिलेको समयमा हुनेवाला अपराध र दुर्घटना हरुको मुख्य कारण पनी सोसल मिडिया बन्न थालेको छ। त्यसैले तपाइँ पनि सोसियल मिडियाको उपयोग गरेर जिवन साथी पाउने चक्करमा कुनै अपराधको सिकार नबन्नुहोस्। सजग रहनुहोस् अनि जान्नुहोस्, आखिर किन मान्छेहरु सोसियल मिडियाबाट असल जिवन साथिको खोजी गर्छन् ?

#सोसियल मिडियाको बढ्दो प्रयोग :

विशेषज्ञका अनुसार आजकलको जमानामा केटा होस या केटि दुबै एक असल जिवन साथी चाहान्छन्। अनि यहि खोजिमा उनिहरु धेरै गलत तरिकाहरु पनि अपनाउन थालेका छन्। यसको लागी मान्छेहरु फेसबुक प्रोफाइल स्टल्किङ लगायत अन्य क्रियाकलापको सहारा लिन थालेका छन्। मानिसहरु आफ्नो चाह पुरा गर्नको लागी एक जना भन्दा बढी संग डेटिङ गर्न थालेका छन्। उनिहरु संग समय बिताउन थालेका छन्। यि सब कुराको लागी सोशल मिडियाको प्रयोग ह्वात्तै बढेको छ। यसको कारण मनिसहरु एकअर्कालाइ युज अनि चिटिङ गर्छन्। यसकारण मान्छेहरु लगातार ब्रेकअपका सिकार हुन थालेका छन्। यसले गर्दा मानिसहरुमा एक्लोपन अनि बदलाको भावना बढेर गलत कदम पनि उठाउन थालेका छन्।

सोसियल मिडियामा एक असल जिवन साथी खोज्नु गलत पटक्कै हैन। तर कहिँ तपाइँ यो खोजिमा गलत ठाउँमा फस्दै पो हुनुहुन्छ कि बिचार गर्नु पर्ने हुन्छ।

#आफ्नो बारेमा झुट :

शोशल मिडियामा आफ्नो बारेमा झुट बोल्न सहज हुने गर्छ। आफ्नो वास्तविक पहिचान नदेखाएर कुनै फरक स्वाभाव या गुण देखाउन शोशल मिडियाले रोक्न सक्दैन। मान्छे जति खराब चरित्रको भएपनि उसले सोसियल मिडियामा राम्रो चरित्र देखाउन सक्छ। आफ्नो तस्बिर मात्र नभएर आफ्ना स्वभाव हरु नै फरक तरिकाले देखाएर कसैलाई प्रभावित पार्न पनि शोसल मिडियाको प्रयोग हुने गरेको छ। जस्तो कि वास्तविक जीवनमा महिलालाई आदर नगर्ने मान्छेले फेसबुकमा नारि अधिकारका बारेमा लेखेर होस् या सेयर गरेर महिलाहरुलाई प्रभावित बनाउने काम गर्ने गरेको पनि पाइएको छ। यसरि बनाइएको सम्बन्ध कहिल्यै पनि दिगो र भरपर्दो हुदैन।

# विकल्प धेरै हुन्छ :

शोशल मिडियामा सम्बन्ध गास्नका लागि विकल्पहरु धेरै हुन्छन। एक नभए अर्को त छदै छ नि भन्ने भावनाको कारण रिलेसन चाडै टुट्ने पनि गर्छ।  मान्छेहरु सम्बन्ध टुट्न बाट डराउदैनन् किनकि उनीहरुलाई थाहा हुन्छ यो नभए अर्को त भेटिन्छ नै, तर यसैको कारणले साचो तरिकाले प्रेम गर्नेलाई भने ठुलो चोट पुग्न सक्छ।

#रिलेसनसिपमा इन्सिक्योरिटि :

एक सर्वेक्षण अनुसार, केटीहरू ठूलो संख्यामा सामाजिक मिडियाको प्रयोग गर्दछन्। बर्तमान समयमा सम्बन्धमा बढ्दो इन्सिक्योरीटि यसको प्रमुख कारण हो। जसका कारण केटीहरू सामाजिक मिडियाको प्रयोगमा आकर्षित हुन्छन्। सम्बन्ध टुट्दा मान्छेलाई धेरै एक्लोपन महसुस हुन्छ। यो सबै बाट बच्नको लागि केटीहरु एक असल जीवन साथि छान्न सोसियल मिडियाको सहारा लिन्छन।

# समय समयमा सुनिने समाचार या आफ्नो ओरिपरिका मान्छेहरुको नकारात्मक कुराहरुले सम्बन्धमा असुरक्षाको भावना आउन थाल्छ। यो अवस्थामा अधिकांश युवायुवती सम्बन्धमा रहनु भन्दा एक्लै रहन चाहन्छन। अनि फेरी एक फरक र असल जीवन साथीको खोजीमा सोसल मिडियाको साहारा लिन्छन। तपाइंलाई तपाइँको जीवन साथि जिन्दगीको यात्रामा जुन सुकै मोडमा पनि मिल्न सक्छ। त्यसैले जिवन साथी खोज्ने आधार सोशल मिडियालाई मात्र सोच्नु चाहि गलत हो। तर शोशल मिडियाबाट असल साथि भेट्दै नभेटिने भन्ने चाहि होइन।



प्रतिक्रिया दिनुहोस !