२९ बैशाख २०८१, शनिबार

खुसीको खबर, खुल्यो अस्ट्रेलियाको सीमा !!!



काठमाडौं । अस्ट्रेलियाले हिजोदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै स्थगन गरिएको हो ।

उक्त निर्णयका कारण टिकट लिएर बसेका हजारौं नेपाली विद्यार्थीसमेत प्रत्यक्ष प्रभावित बनेका थिए । त्यहाँको सरकारले हिजोदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिने बताएको हो । । सरकारको यस निर्णयसँगै त्यहाँ जान नपाए नेपाली विद्यार्थीले खुसी व्यक्त गरेका छन् ।

आजदेखि विद्यार्थीका साथै टीआर भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरुका अभिभावक, दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउनेछन् । यस्तै सरकारले अनिवार्य क्वारेन्टिनको व्यवस्थालाई पनि हटाउने भएको छ । तोकिएका खोपहरू पूर्णमात्रामा लगाएको हुनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस !