चितवनको भरतपुरमा गैँडा मृत फेला
![](https://sarbapriyanews.com/wp-content/uploads/2021/12/rhino-death-in-chitwan.gif)
भरतपुर । भरतपुर महानगरपालिका १६ विजयनगरमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ ।
सिद्धिगणेश सामुदायिक वननजिक तोरीबारीको बीचमा गैँडा मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ । विजयनगरमा एउटा मृत गैँडा फेला परेको छ । वन कार्यालयले गैँडा १६ वर्षको रहेको अनुमान गरेको छ । प्रारम्भिक अनुसन्धानबाट गैँडा मारेको अनुमान गरिएको छ, यद्यपी पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।
मृत गैंडाको खाग र खुरसहित सबै अंगहरु सुरक्षित रहेको छ।