मिस युनिभर्स-२०२१ को ताज कस्ले जित्यो त !
काठमाडौं । भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स -२०२१ को ताज जितेकी छन् ।
सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनल राउन्टमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् ।
सन्धु भरतको पञ्जाबस्थित चन्डिगढकी बासिन्दा हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।
मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् ।
योसँगै भारतले २१ सालपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुश्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।