३० मंसिर २०८१, आईतवार

प्रचण्ड–नेपाल समूहले ओलीपक्षीय पोखरेल र गुरुङ प्रदेश इन्चार्जबाट हटायो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले लुम्बिनी र गण्डकी प्रदेश इन्चार्ज हेरफेर गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश इन्चार्जबाट शंकर पोखरेल र गण्डकी प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङलाई हटाएको छ । बैठकले अब लुम्बिनीमा युवराज ज्ञवाली र गण्डकीमा देवेन्द्र पौडेललाई प्रदेश इन्चार्ज रुपमा तोकेको छ ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि दाहाल-नेपाल समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।

यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालको संयोजकत्वमा १० सदस्य कार्यदल गठन गरेको थियो । पार्टी एकताका बाँकी काम गर्न र विभिन्न तहमा पदाधिकारी थप्ने गृहकार्यको लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।

नेपालको संयोजकत्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणी पोखरेल, गोर्कण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस !