२१ बैशाख २०८१, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरसहित)



काठमाडौं । नेकपा (एमाले)को वर्तमान केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरमा जारी छ । गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा हिजोदेखि सुरु बैठक आज सकाउने तयारी छ ।

बैठकस्थल वरपर तामझाम देखिन्छ । केन्द्रीय कमिटी बैठककै लागि विभिन्न स्थानमा स्वागतद्वारसमेत बनाइएको छ । जडीबुटी, कौशलटार, गट्ठाघरलगायत चोकमा स्वागतद्वार राखिएको छ ।

वरपर चोक र बैठकस्थलमा अध्यक्ष केपी शर्मा ओलीको व्यापक प्रचार गरिएको देखिन्छ । उनको तस्बिरसहितको ब्यानर ठाउँठाउँमा टाँगिएको छ । चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछिको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई भव्य देखाउने प्रयास गरिएको छ । थप तस्बिरहरु :

 



प्रतिक्रिया दिनुहोस !