२१ बैशाख २०८१, शुक्रबार

बार्यनको पुनरागमन जित, शीर्ष स्थानमा ६ अंकको अग्रता



काठमाडौँ। पुनरागमन जितसँगै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्यनिखले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ।

शनिबार राति भएको खेलमा बार्यनले १२औँ जित निकाल्ने क्रममा एफएसभी मेन्चलाई २(१ अन्तरले पराजित गरेको हो ।

भ्रमणकारी टोली मेन्चका करिम ओनिसिवोले २२औँ मिनेटमा अग्रता बनाएका थिए । त्यसपछि बायर्नले लगातार गोल गर्‍यो । ५३ मिनेटमा किङ्स्ले कोमानले बराबरी गोल गर्दा जमल मुसिआलाले ७४ मिनेटमा विजयी गोल गरे ।

जितसँगै १५ खेलबाट ३७ अंक बनाएको बायर्न शीर्ष स्थानमा छ । पराजित मेन्च समान खेलबाट २१ अंकसहित आठौँ स्थानमा छ । दोस्रो स्थानको डर्टमुण्ड समान खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !