१९ बैशाख २०८१, बुधबार

शेरबहादुर देउवाले दिए सभापतिमा उम्मेदवारी



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि सभापति पदका लागि उम्मेदवारी दिएका छन्।

काठमाडौंको भृकुटीमण्डपस्थित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयले पुगेर देउवाले उम्मेदवारी दिएका हुन्। उनी शुक्रबार अपराह्न उम्मेदवारी दिन भृकुटीमण्डप पुगेका थिए।

यसअघि टिमसहित भृकुटीमण्डप पुगेका डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए। त्यस्तै, सभापति पदका लागि विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।

 



प्रतिक्रिया दिनुहोस !