२६ बैशाख २०८१, बुधबार

महाधिवेशन प्रचार बिजुलीका पोलदेखि अस्पतालका भित्तासम्म (फोटोफिचर)



काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसका १४औं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । हिजो काठमाडौंको भृकुटीमण्डपमा उद्घाटनसत्र भव्यताका साथ सम्पन्न भएको छ । आज निर्वाचनको लागि बिभिन्न पदमा उम्मेद्वारी दर्ता हुँदैछ । उम्मेद्वारी दर्ता बिहान १० बजे देखि बेलुका ५ बजेसम्म हुने तालिका रहेको छ ।

उट्घाटनसत्र सम्मन्न भए लगतै काठमाडौंको राष्ट्रिय सभागृहमा बन्दसत्र सुरु भएको थियो । हिजो (शुक्रबार) बिहानसम्म महाधिवेशन परिसरमा चुनाव प्रचार सामाग्रीहरु सवारिसाधनको आवागमनमा समेत बाधा पुग्नेगरि राखिएको थियो ।

निर्वाचन समितिले आचारसंहिता विपरितका काम नगर्न निर्देशन दिएपछि त्यहाँ राखीएका प्रचार सामाग्री अहिलेभने हटाइएको छ ।

तर, त्यहाँबाट हटाइएका प्रचार समाग्रीलाई बिभिन्न पदका उम्मेद्वारका आकांक्षीहरुले बागबजार, पदुमोदय मोेड, रेडक्रस मार्ग, आर.आर. क्याम्पस लगायतका ठाउँमा राखेका छन् ।

देशका बिभिन्न ठाउँबाट आएका केन्द्रीय सदस्यका उम्मेद्वारहरुले निर्वाचन हुने भन्दा टाढाँ हुनेगरि बाटोमा राखिएका बिजुलीका पोल, पसलका सटर लगायतका ठाउँमा आ–आफ्ना प्रचार सामाग्री टाँसिएको पाइएको छ ।

उनीहरुले काठमाडौं मोडल अस्पतालको पर्खालमा समेत प्रचार सामाग्री राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !