२५ बैशाख २०८१, मंगलवार

लम्बियो काँग्रेसको उद्घाटन सत्र



काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेसनको उदघाटन सत्रमा पार्टी पदाधिकारीलाई बोल्न दिँदा साँझ ढल्दा पनि सम्पन्न हुन सकेको छैन । भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा बिभिन्न राजनीतिक दल तथा बिदेशी पाहुनाहरूले मन्तब्य राखे लगत्तै पार्टी पदाधिकारीलाई बोल्न दिँदा लम्बिन पुगेको छ ।

सहमहामन्त्री सुनिल थापा, प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, कृष्ण सिटौला, उपसभापति बिजयकुमार गच्छदारलगायतले अतिथि पछि मन्तब्य राखेका थिए ।

झमम्क साँझ परिसक्दा पनि कांग्रेस महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुर देउवाले मन्तव्य राख्न नै पाएका छैनन् ।

 



प्रतिक्रिया दिनुहोस !