एमाले अध्यक्ष ओली अस्वस्थ, घरमै आराम
काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको बताइएको छ । उनलाई रुघा लागेको ओलीको सचिवालयले जनाएको छ ।
सचिवालयका सदस्य रामशरण बजगाईंले ओलीलाई रुघा लागेको र अहिले घरमा आराम गरिरहेको जानकारी दिए । आज दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा हुने कार्यक्रममा ओली जाने पूर्वनिर्धारित तालिका थियो ।
प्रेस चौतारी नेपालले ओलीसित पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । तर, रुघा लागेकाले ओली त्यहाँ उपस्थित नभएको बताइएको छ ।