४ जेष्ठ २०८१, शुक्रबार

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै



nlntk’/, !( k’;M g]sf s]Gb|Lo sfo{ ;ldlt a}7s g]kfnL sfFu|];sf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । महाधिवेशनको पूर्व सन्ध्यामा सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ । शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनको अघिल्लो दिन काँग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वका लागि चुनाव लड्दैछन् । संस्थापन इतरबाट भने सभापतिका साझा उम्मेदवारको तय भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस !