२ जेष्ठ २०८१, बुधबार

राप्रपा महाधिवेशन : साढे तीन घण्टामा दुई हजार मत खस्यो, मतदान समय कति ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत मतदान जारी छ ।

सदस्यसचिव झनक प्याकुरेलका अनुसार दिउँसो साढे ३ बजेसम्म दुई हजार मत खसेको छ । शनिबार बिहानैदेखि मतदान हुने भनिए पनि ढिलो गरी मध्याह्न १२ बजेदेखि मात्र सुरु भएको थियो । काठमाडौंको भृकुटीमन्डपमा जारी महाधिवेशनमा कुल चार हजार ४६९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

राति १० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । राति ११ बजेपछि मतगणना सुरु गरिने र करिब दुई घण्टामा मत परिणाम आउने निर्वाचन समितिले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !