२९ बैशाख २०८१, शनिबार

आज सुनचाँदीको मुल्य बढ्यो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

आइतबार स्थिर रही ९४ हजार ५०० रुपैंयामा कारोबार भएको थियो भने आज सो मुल्य ८०० रुपैंयाले बढेर ९५ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ९४ हजार ८०० रुपैंयामा कारोबार हुने जनाएको छ ।

यस्तै चाँदीको मुल्य पनि २५ रुपैंयाले बढेर १३ सय २५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १३ सय रुपैंया रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !