१ पुष २०८१, सोमबार

नेकपाको प्रचण्ड–नेपाल समूहले सरकारविरूद्ध घोषित आन्दोलनलाई थप सशक्त बनाउँदै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने तयारी भएको छ ।


प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज दिउँसो १ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।

आजको बैठकमा सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमलाई सशक्त र व्यवस्थित बनाउने विषयमा छलफल हुने नेता योगेश भट्टराईले जानकारी दिए ।

घोषित कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन स्थायी कमिटीमा छलफल भइरहेको नेताहरुले बताएका छन् । उनले पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल गरिने बताए ।

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक कार्यदल गठन गरेको थियो। पार्टी एकीकरणका बाँकी काम र जिम्मेवारीलगायतका काम गर्ने अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ।

घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धि प्रशिक्षण दिइनेछ।



प्रतिक्रिया दिनुहोस !