प्रचण्ड पत्नी सीताको थप उपचार गराउन आज भारत जाँदै
काठमाडौं । प्रचण्ड पत्नी सीता दाहलको स्वास्थ्य जटिल बन्दै गएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप उपचार गराउन आज ११ बजे भारत जाने भएका छन् ।
सीताको मुम्बईमा उपचार गराउन प्रचण्डले लिएर जान लागेको प्रचण्ड सचिवालयले जनाएको छ ।
तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी सीतालाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो ।
सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई जान लागेका हुन् । ु