४ जेष्ठ २०८१, शुक्रबार

राप्रपा महाधिवेशनको उद्घाटनसत्र सुरु



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ। बुधबार अपराह्न काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो।

राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले पानसमा बत्ति बालेर तथा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन सत्रको उद्घाटन गरेका हुन्। त्यस्तै, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले झण्डोत्तलन गरेका थिए।

राणा, लोहनी र थापा नेतृत्वका पार्टीहरुबीच एकता भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो। त्यसैले यो महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ। महाधिवेशनमा कमल थापा र राजेन्द्र लिंदेन अध्यक्षको लागि प्रतिस्पर्धाको तयारीमा छन्।

बुधबार नै बन्दसत्र पनि आरम्भ हुनेछ। नयाँ नेतृत्वको लागि बिहीबार निर्वाचन प्रक्रिया चल्ने कार्यतालिका तय भएको छ।



प्रतिक्रिया दिनुहोस !