४ जेष्ठ २०८१, शुक्रबार

सुरु भयो सर्वोच्चको ऐतिहासिक दिन



काठमाडौं। सर्वोच्च अदालतमा आज बुधबारबाट गोला प्रक्रियामार्फत पेसी तोक्ने सुरुवात भएको छ । बुधबार बिहान साढे १० बजे सर्वोच्चका न्यायाधीशहरूले गोला तानेर यसको सुरुवात गरेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार बुधबारबाट गोला प्रक्रिया सुरु भएको छ ।

सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार बिहान साढे १० बजे गोला तान्ने काम सकिएको छ भने कम्प्युटरमा चढाउने लगायत केही प्रशासनिक काम बाँकी रहेको छ । बिहान ११ बजेभित्र कम्प्युटरमा पेसीको प्रविष्ट गरी इजलास गठन हुनेछ ।

यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेकामा आजबाट गोला प्रक्रियाबाट पेसी तोक्ने सुरुवात भएसँगै सबै न्यायाधीश नियमित इजलासमा फर्कने भउका छन् । मंगलबार मात्रै नेपाल बार एशोसिएसनले पनि विज्ञप्ति जारी गरेर गोला प्रक्रियाबाट पेसी तोक्ने कामको स्वागत गरेको छ ।

यद्यपि सर्वोच्च अदालतका अन्य न्यायाधीश र नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सँगै नबस्ने र बहस नगर्ने बताइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !